बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश

पुथाउत्तरगंगा गाउँपालिका-२ को अध्यक्षमा माओवादीका घर्तीमगर निर्विरोध निर्वाचित

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
पुथाउत्तरगंगा गाउँपालिका-२ को अध्यक्षमा माओवादीका घर्तीमगर निर्विरोध निर्वाचित
काठमाडौँ, मंसिर ६ :
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा जगत घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।
 
 गाउँपालिका अध्यक्ष पुनीराज घर्तीमगरको जानकारी अनुसार नेकपा एमालेका उम्मेवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती निर्विरोध वडाध्यक्ष निर्वाचित भएका हुन् । 
 
वडाध्यक्षका लागि एमालेबाट उम्मेदवार रहेका जीवन रोकामगर र स्वतन्त्र उम्मेदवारी दिएका शुक्र विकले उम्मेदवारी फिर्ता लिएपछि माओवादी उम्मेद्वार निर्विरोध भएका हुन ।
 
 गाउँपालिकामा रिक्त उपाध्यक्ष र वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस नेकपा एमालेले गठबन्धन गरेका छन् ।
 
 निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार