शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बयानका लागि छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, रविलाई पनि ल्याउने तयारी

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
बयानका लागि छविलाल जोशीलाई काठमाडौँ ल्याइयो, रविलाई पनि ल्याउने तयारी
काठमाण्डौँ , मंसिर ६ :

सहकारीको रकम ठगी गरेको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ।

जोशी विरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मङ्गलबार साँझ विमान मार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक समेत रहेका जोशीसँग आजबाट अनुसन्धानको काम आजदेखि सुरु गर्ने काठमाडौँ प्रहरीले जनाएको छ ।

पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत रकम अपचलन गरेको प्रकरणमा गत असोज ६ गते जोशीलाई पक्राउ गरि पोखरा लगिएको थियो ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । उनलाई पनि कास्की प्रहरीले अनुसन्धानका लागि पोखरामै राखेको छ ।

जोशीको बयान सकिएपछि लामिछानेलाई पनि काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । त्यस्तै, सहकारी ठगीमा जोडिएका कुमार रम्तेलसँग पनि बयान लिएर प्रहरीले कास्की फर्काइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार