काठमाण्डौं, मंसिर ४ :
नेपाली यु १९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई जनकपुर बोल्ट्सले फेस अफ द बोल्ट्स नियुक्त गरेको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल टोली जनकपुर बोल्ट्सले आज पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो ।
जनकपुर बोल्ट्समा पुबुदु दासानायके मुख्य प्रशिक्षकको रुपमा रहेका छन् ।
पुजा महतोको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो ।
एनपिएल नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म आयवजना हुँदैछ । एनपिएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
जनकपुर बोल्ट्सको टोलीमा आसिफ शेख, अनिलकुमार शाह, मोहम्मद मोहसिन, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, जिमी निशम, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, हेमन्त धामी, सोयब मक्सद,आकाश त्रिपाटी, जोशुवा ट्रम्प र लाहिरु मिलन्था रहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’