
काठमाडौँ, साउन २३ :
काभा महिला भलिबल लिग अन्तर्गत नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ ।
लिग चरणमा इरानसँग मात्र पराजित भएको नेपाल त्यसको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा छ ।
नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बनेको छ । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।
आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि (बुधबार) बेलुका खेल्नेछन् ।