शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश खेलकुद

खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछः मुख्यमन्त्री कार्की

· शनिबार, २ मंसिर, २०८१ मा प्रकाशित
खेलकुदले खेलाडी र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछः मुख्यमन्त्री कार्की
सुनसरी, मंसिर २ :

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गर्नुभएको छ ।

धरान उपमहानगरपालिका- १७ स्थित प्रदेश फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा खेलकुद सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।”

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायत फुटबल सामग्री वितरण गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार