काठमाडौँ, कात्तिक ३० :
नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी यु-१९ महिला टि-२० विश्वकपमा पुगेको नेपाली महिला टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ ।
क्यानले आज विज्ञप्ती जारी गर्दै महिला युवा टोलीलाई पहिलो पटक विश्वकपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।
हिजो युएईलाई ८ विकेटलाई पराजित गर्दै नेपालको यु-१९ महिला टोली आगामी वर्षको जनवरीमा मलेसियामा हुने यु १९ महिला विश्व कपमा छनोट भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’