बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

जलवायु परिवर्तनको असर न्यून गर्ने प्रयास निरन्तर

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
जलवायु परिवर्तनको असर न्यून गर्ने प्रयास निरन्तर
काठमाडौँ, कात्तिक २८ :

पेरिस सम्झौताबाट बाहिरिने प्रतिबद्धता जनाएका डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कदमले निरन्तरता पाउने संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

“जलवायु परिवर्तनसम्बन्धी कदम ‘बलियो छ र रहिरहनेछ’,” संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले मङ्गलबार बताउनुभयो ।

“तपाईंहरूमध्ये धेरैले विगत हप्ताहरूमा राजनीतिक घटनाहरूको जलवायु प्रभावहरूको बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ। म यति मात्र भन्छुः हाम्रो अभियान सशक्त छ र रहिरहनेछ,” उहाँले भन्नुभयो ।

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौताबाट अमेरिका पछि हटेपछि वार्ताको टेबुलको महत्वाकाङ्क्षालाई कमजोर पार्न सक्ने चिन्ताका साथ ट्रम्पको चुनावी जितले अजरबैजानको कार्यसूचीमा व्यापक अन्योल छाएको विश्लेषकहरूले जनाएका छन् ।

स्टिएलले जलवायुमा विश्वव्यापी ऐक्यबद्धता देखाउन बैठकको आह्वान रहेको दोहो¥याउँदै भन्नुभयो, “विश्वव्यापी तापमान वृद्धिबाट बच्नका लागि विश्वव्यापी सहयोग नै एक मात्र उपाय हो ।”

विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म ईन्धनबाट आफ्नो अर्थव्यवस्थालाई मुक्त गर्न मद्दत गर्न सहयोगको वृद्धिमा केन्द्रित रहेको छ । अहिले रकम तिरिरहेका धनी देशहरूको सानो समूहले दाताहरूको सङ्ख्या विस्तार भएको हेर्न चाहन्छन् र वार्षिक १०० अर्ब डलरको वर्तमान प्रतिज्ञालाई दस गुणा बढाउने आह्वानको विरोध गरिरहेका छन्।

धेरै मुलुकले घरेलु जनतालाई जलवायु नियन्त्रणभन्दा मुद्रास्फीति र सुस्त अर्थव्यवस्थाको बारेमा बढी चिन्तित भएको बताएका छन्। तर स्टिलले भने यी दुईको सम्बन्ध रहेको दाबी गर्नुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार