बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

पूजा महतो चम्किँदा कुवेतमाथि नेपालको सानदार जित

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
पूजा महतो चम्किँदा कुवेतमाथि नेपालको सानदार जित
CAN
काठमाडौँ, कात्तिक २८ :

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले २१३  रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याएको कुवेत ४८ रनमा नै अल आउट भयो ।

नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिनले ४३ रनको अविजित इनिङ खेले । 

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

लिग चरणको अन्तिम खेलमा भोलि नेपालले यूएईको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार