बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार विदेश

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने 

· मंगलबार, २८ कात्तिक, २०८१ मा प्रकाशित
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने 
टोकियो, कात्तिक २८ :

जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक बिक्रेताहरूलाई आर्थिक वर्ष २०३० सम्ममा १० प्रतिशतसम्म बायोएथेनोल मिश्रित पेट्रोल आपूर्ति सुरु गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। 

मन्त्रालयले यो परिवर्तनलाई कानुनमार्फत अनिवार्य बनाउनेबारे पनि सोचिरहेको जनाएको छ । 

मकै र उखुबाट बनेको बायोएथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड सोस्छ ।
 
यो प्राकृतिक प्रक्रियाले बायोएथेनोल- मिश्रित ईन्धन जलाउँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार