बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायली फुटबल समर्थकको उद्धारका लागि दुईवटा विमान पठाउन निर्देशन

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
इजरायली फुटबल समर्थकको उद्धारका लागि दुईवटा विमान पठाउन निर्देशन
जेरुसेलम, कात्तिक २४ :

एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको रिपोर्ट गरेको छ ।

बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल- अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो।

रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।

“प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरूविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो,“ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ ।

हिजो विहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएको लगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार