
काठमाडौँ, कात्तिक २३ :
छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुहरु नदी, तलाउ र खोला किनारहरुमा रातभर जाग्राम बस्छन ।
काठमाडौँमा पनि कमल पोखरी र बाग्मतीको किनारामा ब्रतालुहरुको घुइँचो लागेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कमल पोखरी र गुह्येश्वरी गएर छठी माताको पूजा आराधना गर्नुभएको छ ।