काठमाडौँ, कात्तिक २३ :
युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा कुवेतलाई हराउँदै नेपाल विजयी भएको छ ।
नेपालले आज कुवेतलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । दि सेभेन्स स्टेडियममा भएको खेलमा नेपालले कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले हरायो ।
यसअघि पहिलो खेलमा हिजो नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै समेटियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’