बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत

· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत
बेरुत, कात्तिक २२ :

कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले जनाएको छ ।

आन्तरिक मन्त्री तथा जनमत संग्रह समितिका अध्यक्ष शेख खलिफा बिन हमद बिन खलिफा अल थानीको नेतृत्वको जनमत सङ्ग्रह समितिले सन् २०२४ का लागि देशको स्थायी संविधान संशोधनको मस्यौदामा जनमत सङ्ग्रहको परिणाम स्वीकृत गर्ने घोषणा गरेको हो । 

थानीले जारी गरेको विज्ञप्ति अनुसार कतारको संविधानको संशोधनको परियोजनाले कुल वैध मतको ९०.६ प्रतिशत लोकप्रिय स्वीकृति पाएको छ ।

यसअघि गत अक्टोबर २९ मा कतारका अमिर शेख तमिम बिन हमद अल- थानीले १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई जनमत सङ्ग्रहमा सहभागी हुन आह्वान गर्दै आदेश जारी गर्नुभएको थियो । 

कतारी समाजका विभिन्न वर्गहरूबिच एकताको समावेश गरेको यस राष्ट्रिय कार्यक्रममा प्राप्त सफलताहरूको कदर गर्दै जनमतसङ्ग्रह समितिले बुद्धिमान् नेतृत्व र उदार कतारी जनतालाई धन्यवाद दिएको छ ।

क्युएनएको अघिल्लो रिपोर्टका अनुसार पछिल्लो संवैधानिक संशोधनले कतारको आन्तरिक र विदेश नीति ढाँचामा महत्वपूर्ण अद्यावधिक प्रस्तुत गरेको छ जसमा विधायी सीटहरूका लागि सीमित मतदान समाप्त गर्ने कि नगर्ने भन्ने उल्लेख छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार