बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

खाद्य व्यवस्था कम्पनी जनकपुरद्वारा चामल उत्पादन सुरु

· बुधबार, २२ कात्तिक, २०८१ मा प्रकाशित
खाद्य व्यवस्था कम्पनी जनकपुरद्वारा चामल उत्पादन सुरु
काठमाण्डौँ , कात्तिक २२ :

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ ।

धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामल समेत उत्पादन गरेर वितरण सुरु गरेको कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

विश्व खाद्य कार्यक्रम अन्तर्गत जनकपुरस्थित कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको  छ  ।  त्यस प्लान्टबाट भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ । त्यहाँ चामलको गुणस्तर समेत जाँच गरिन्छ ।

२०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।

पौष्टिक तत्व भएको चामल विश्व खाद्य सङ्गठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिकतत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले बताउनुभयो ।

विश्व खाद्य कार्यक्रम अन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौँ कार्यालयमा जडान गरिएको छ । भारतको रासन वितरणमा यो चामल अनिवार्य  त्यहाँको सरकारले गरेको छ ।

कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताउनुभयो ।

अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ मा पाँच छुट गरेर प्रतिकेजी ६० तथा बासमती चामल प्रतिकेजी एक सय २३ मा रु पाँच छुट गरेर प्रतिकेजी एक सय १८ का दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ ।

सहुलियत मूल्यमा बिक्रीका लागि दुई सय क्विन्टल चामल कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार