बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिनभर भाइटीका लगाउनेको घुइँचो

· आइतबार, १९ कात्तिक, २०८१ मा प्रकाशित
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिनभर भाइटीका लगाउनेको घुइँचो
काठमाडौँ, कात्तिक १९ :

तिहारको भाइटीकाको दिन मात्र खल्ला हुने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने आज भीड लागेको छ ।

दिदीबहिनी नहुनेहरू रानीपोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन र टिका लगाउन जाने गर्दछन् ।

आज बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुलाई भाइटीका लगाउने व्यवस्था गरिएको थियो ।

दिदीबहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार