काठमाण्डौं, कात्तिक १९ :
हङकङमा जारी सिक्सेसको प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ ।
९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
युएईका आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन बनाए ।
युएईसँग नेपाल पराजित भएको छ ।
नेपालका लागि राशिद खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।
नेपालका विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ४९ रन जोडे । लोकेश बमले १० बलमा १९, प्रतिश जिशीले ४ बलमा १४ तथा कप्तान सन्दीप जोराले ४ बलमा ७ रन बनाए ।
युएईका लागि आकिफ राजाले २ तथा सचिंत शर्माले १ विकेट लिए ।
युएईले आजै दिउँसो दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा खेल्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’