काठमाण्डौँ , कात्तिक १९ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
 
युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।