सिराहा, कात्तिक १७ :

सिरहाको मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा बस पल्टिदा १३ जना घाईते भएका छन् । घाईते मध्ये एक बालकको अवस्था गम्भीर रहेको बताईएको छ । 

उदयपुर कटारी बाट मिर्चैया  तर्फ आउदै गरको ना.३.ख ७०३४ नं.को यात्रु बाहक मिनि बसले पैदल यात्री सुभान शेखको छोरी नदाजी बर्ष ५ कि नाचपरि खातुनलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । उक्त बसमा सवार १३ जना घाइते भएको प्रहरीले  जनाएको छ ।

घाईतेहरुको उपचार भईरहेको जनाईएको  छ ।

बस चालक जिल्ला सिरहा मिर्चैया न.पा.६ बस्ने अनदाजि बर्ष ३१ को लक्ष्मी साह  फरार रहेको प्रहरी जनाएको छ।

पैदल यात्री  खातुनको टाँउकोमा चोट लागेको र उनको  अवस्था गम्भिर रहेको बताईएको छ ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।