बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

भियतनाममा ट्रामी आँधीका कारण पाँचको मृत्यु, सयौँ घर क्षतिग्रस्त

· बिहीबार, १६ कात्तिक, २०८१ मा प्रकाशित
भियतनाममा ट्रामी आँधीका कारण पाँचको मृत्यु, सयौँ घर क्षतिग्रस्त
Photo: AFP
हनोई, कात्तिक १६ :

मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकारीहरूले बिहीबार बताएका छन् ।  

फिलिपिन्सपछि ट्रामीले आइतबार मध्य भियतनाममा प्रहार गरेको थियो । फिलिपिन्समा एक सय जनाभन्दा बढीको ज्यान लिएको थियो ।  

बाढीले क्वाङ बिन्ह प्रान्तमा पाँच जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको कृषि मन्त्रालयले बिहीबार अनलाइन रिपोर्ट मार्फत जनाएको छ ।

रिपोर्ट अनुसार अझै पनि धेरै दुर्गम समुदायमा फोहोरमैला सहितको बाढीको पानी बगिरहेको छ । यसैगरी तीन सयभन्दा बढी घर तथा लगभग एक हजार तीन सय हेक्टरको बाली क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गरेका तस्बिरहरूले क्वाङ बिन्हको दुर्गम क्षेत्रका केही घरको छतमा बाढीको पानी पुगेको र अन्य समुदायका बासिन्दाहरूले प्रभावित भवनहरू सफा गर्ने काम गरिरहेको देखाएको थियो ।  
 
हाल यस क्षेत्रका नदीहरूको जलस्तर बिस्तारै घट्दै गइरहेको भए पनि धेरै क्षेत्र अझै पनि बाढीबाट ग्रसित रहेको जनाइएको छ ।

भियतनाम उष्णकटिबन्धीय आँधीबेहरीको जोखिममा रहेकाले आकस्मिक बाढी पहिरोले हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गर्छ 

विज्ञहरूले मानव गतिविधिका कारण तीव्र जलवायु परिवर्तनले मौसमी ढाँचामा परिवर्तन आई विनाशकारी अवस्थाको सम्भावना अझै बढाउनसक्ने बताएका छन् ।  

सेप्टेम्बरमा उत्तरी भियतनाममा यागी नामक आँधीले तीन सय ४५ जनाको ज्यान लियो र अनुमानित तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति भएको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार