काठमाण्डौं, कात्तिक १६ :
स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा बाहिरका क्षेत्रमा आएको भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा ९५ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता छन् ।
मुसलधारे वर्षाका कारण आएको बाढीले पुल र भवनहरू बगाएको छ । मानिसहरू ज्यान जोगाउन छतमा र रूखमा चढेका छन् ।
प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।
धेरै जना वेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको त्यहाको सरकारले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै