बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

इजरायली हवाई आक्रमणमा कम्तीमा ९३ जनाको मृत्यु,आक्रमणप्रति अमेरिकाको चिन्ता

· बुधबार, १५ कात्तिक, २०८१ मा प्रकाशित
इजरायली हवाई आक्रमणमा कम्तीमा ९३ जनाको मृत्यु,आक्रमणप्रति अमेरिकाको चिन्ता
काठमाण्डौं, कात्तिक १५ :

उत्तरी गाजाको बेइट लाहिया सहरमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९३ जनाको मृत्यु भएको समाचार छ ।

उद्धारकर्ताहरुले पाँच तले आवासीय भवनमा आक्रमण भएको र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भुइँमा कम्बलले ढाकेको शव देखिएको बताएका छन् ।

इजरायली सेनाले 'बेइट लाहिया क्षेत्रमा  सर्वसाधारणलाई क्षति पुगेको खबरबारे आफू जानकार रहेको समेत बताएको छ ।

घटनाको विस्तृत विवरण बारे अनुसन्धान भइरहेको बताइएको छ ।

इजरायली रक्षा बल आईडीएफले विगत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबालिया,बेइट लाहिया र बेइट हानौन क्षेत्रमा आक्रमण गरिरहेको छ।

जबालियास्थित कमल अद्वान अस्पतालका निर्देशक हुसाम अबु साफियाले  अस्पतालमा कर्मचारी र औषधिको अभाव रहेको बताएका छन् । जस्लेगर्दा बिरामीको उपचार गर्न धेरै समस्या भएको उनले बताएका छन् । अस्पतालमा धेरैजसो बालबालिकाको उपचार भइरहेको समाचार छ ।

सेनाले  मेडिकल टोली र कामदारलाई पक्राउ गरेपछि कमल अद्वान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरु केही बाँकी नभएको अबु साफियाले बताएको बीबीसीले जनाएको छ ।

हमासका लडाकुले प्रयोग गरिरहेको भन्दै आईडीएफले गत साता अस्पतालमा छापा मारेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस घटनामा भएको जनधनको क्षतिप्रति अमेरिका निकै चिन्तित रहेको बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार