बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश मधेस प्रदेश

पर्यटनको नयाँ गन्तव्यका रुपमा सिरहाको ‘गोसाइ डाँडा ताल’

· सोमबार, १३ कात्तिक, २०८१ मा प्रकाशित
पर्यटनको नयाँ गन्तव्यका रुपमा सिरहाको ‘गोसाइ डाँडा ताल’
सिरहा, कात्तिक १३ :

चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुन जस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

लहान नगरपालिका- १५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व- पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल । 

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो । 

झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्राकृतिक सुन्दरताका साथै थप पर्यटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रुपमा यस क्षेत्र विकास भएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बर्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट ४० लाख, संसद् विकास कोषबाट १५ लाख सहयोग रकम खर्च भएको छ । 

त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ- ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थल लगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ । 

त्यसैगरी आगामी दिनमा भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार