बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

अर्थमन्त्री पौडेल र एमसिसी प्रमुख कार्यकारी लब्राइटबीच भेटवार्ता 

नेपालमा एमसिसी परियोजना र अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल
· शुक्रबार, १० कात्तिक, २०८१ मा प्रकाशित
अर्थमन्त्री पौडेल र  एमसिसी प्रमुख कार्यकारी लब्राइटबीच भेटवार्ता 
अमेरिका, कात्तिक १० :

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस  अलब्राइटबीच भेटवार्ता भएको छ ।

उक्त भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्ट अन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय  प्रसारण लाइनका बारेमा छलफल भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस्तै, अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि भेटवार्ता गर्नुभएको छ । 

त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको जनाइएको छ ।

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभएको थियो । 

अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी तथा त्यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार