सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन
काठमाडौं, कात्तिक २३ :

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक  सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

कार्यालयमा आज आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।

उनले नागरिकले हर्षोल्लासका साथ चाडपर्व मनाउन पाउनु नै  प्रहरीको खुसी भएको उल्लेख गर्दै नागरिकलाई सहज र सुरक्षित आवागमनको वातावरण सुनिश्चित हुनेगरी ड्युटीमा खटिन आग्रह गरे ।

चाडपर्वका समयमा सवारी दुर्घटनाका घटना बढी हुने सम्भावना रहेकाले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा ट्राफिक व्यवस्थापन गर्न उनले मातहतका निकायलाई निर्देशन दिए ।

कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका निकायका ट्राफिक प्रहरी अधिकृतलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार