सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#पोखरा एभेन्जर्स#सुनचाँदीको मूल्य#गाई तिहार#राष्ट्रपति रामचन्द्र पौडेल#शीतल निवासमा गाई पूजा#बलेरो दुर्घटना#जुवातास #तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#पोखरा एभेन्जर्स#सुनचाँदीको मूल्य#गाई तिहार#राष्ट्रपति रामचन्द्र पौडेल#शीतल निवासमा गाई पूजा#बलेरो दुर्घटना#जुवातास
समाचार प्रदेश मधेस प्रदेश

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृ*त्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४६ मिनेट अगाडि प्रकाशित
पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृ*त्यु
प्रतीकात्मक तस्वीर ।
पर्सा, कात्तिक २३ :

पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृ*त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा परी आज स्थानीय मखु सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको उपचारका क्रममा वीरगन्जस्थित तराई अस्पतालमा मृत्यु भएको हो ।

पटाका पड्काउने क्रममा छातीमा आगो लागेर  बेहोस भएका बालकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको मृत्युसँगै भारतसँगको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणको विषय पनि चर्चामा आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार