शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
समाचार प्रदेश बागमती प्रदेश

कागेश्वरी मनोहराबाटै प्यान कार्ड वितरण सुरु, सेवाग्राहीलाई सहज

भ्याटलगायत अन्य करसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउँछौं : मेयर कार्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १९ मिनेट अगाडि प्रकाशित
कागेश्वरी मनोहराबाटै प्यान कार्ड वितरण सुरु, सेवाग्राहीलाई सहज
काठमाडौं, कात्तिक २० :

कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रका स्थायी बासिन्दा तथा व्यवसायीलाई लक्षित गरी नगरपालिकाबाटै स्थायी लेखा नम्बर (प्यान) कार्ड तथा प्रमाणपत्र वितरण सेवा सुरु गरेको छ। अब प्यान लिन कोटेश्वर वा जोरपाटीस्थित आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।

नागरिकलाई घरदैलोमै सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आन्तरिक राजस्व कार्यालय जोरपाटी र कोटेश्वरसँगको समझदारीमा शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।

सेवाको शुभारम्भ गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले करदाता सेवा केन्द्रबाट उपलब्ध हुँदै आएको प्यान कार्ड तथा स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण सेवा अब आफ्नै नगरपालिकाबाट प्रदान गर्न सफल भएको बताए।

उनले नगरवासीले आफ्नै स्थानीय सरकारमार्फत नगरपालिकाको कार्यालयमा आएर प्यान कार्ड तथा प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार व्यक्तिगत करदाता तथा व्यावसायिक फर्महरूले नगरपालिकामा आवश्यक विवरण भरेर प्यान प्रमाणपत्र लिन सक्नेछन्।

यसअघि नगरपालिकाबाट नापी तथा मालपोतसम्बन्धी सेवा प्रदान हुँदै आएकोमा अब करसम्बन्धी सेवा पनि औपचारिक रूपमा सुरु भएको हो। 

नगरप्रमुख कार्कीले प्यान सेवा विस्तारलाई आगामी दिनमा थप सेवा सञ्चालन गर्ने आधारका रूपमा लिइएको बताए। उनले भविष्यमा मूल्य अभिवृद्धि कर (भ्याट) लगायत अन्य करसम्बन्धी सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। सेवा सञ्चालनमा सहयोग गर्ने राजस्व शाखालगायत कर्मचारीलाई उनले धन्यवादसमेत दिए। सो अवसरमा मेयर कार्कीले सेवाग्राहीहरुलाई स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण गरेका थिए ।

नगरपालिकाबाटै प्यान कार्ड वितरण सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। यसअघि प्यान लिन कोटेश्वरलगायतका कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा अब आफ्नै नगरपालिकाबाट सेवा पाउँदा समय र खर्च दुवै बचत हुने सेवाग्राहीको भनाइ छ। सेवा शुभारम्भ कार्यक्रममा राजस्व शाखाका प्रमुख, कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार