बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल #केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल
राजनीति भिडियो

कांग्रेस देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म काठमाडौंमा हुने

आधिकारिक दावी गर्नेसँग कांग्रेसको आत्मा छैन : प्रकाशशरण महत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
कांग्रेस देउवा समूहको महाधिवेशन मंसिर २१ देखि २३ सम्म काठमाडौंमा हुने
काठमाडौं, कात्तिक १७ :

नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि विधान अनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ ।

मंगलबार देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको समेत जनाएको हो ।

पत्रकार सम्मेलनमा सो समूहका नेता डा प्रकाशशरण महतले पार्टीको विचार, सिद्धान्त र विधि विधान अनुसार १५ औं महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाको सभापतिमा र दैनिक रूपमा महाधिवेशन सम्पन्न गर्नको लागि डा. शशांक कोइरालाको संयोजकत्वमा सम्पन्न हुने बताए । हालसम्म ६१८ वटा पालिकामा सम्पन्न भइसकेको, २२८ ठाउँमा प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन र ११४ क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए । सवै अधिवेशनमा आफ्नै साधन–स्रोत प्रयोग गरेर अत्यन्त उत्साहपूर्ण सहभागिता देखिएको उनले उल्लेख गरे ।

उनले महाधविशेनले कांग्रेसको मूल मान्यता, विचार, विधि, र पार्टी सञ्चालन पद्धतिको पक्षमा उभिने अठोट लिएको जनाए । आफूलाई आधिकारिक दावी गर्नेसँग कांग्रेसको आत्मा नरहेको उनको तर्क थियो । उनले वैचारिक र वैधानिक कोणबाट अर्को पक्ष ठीक ठाँउमा नरहेको आरोप लगाए ।

विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै महतले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको बताए।

उनले विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे। अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ।

बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार