बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल #नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल
अर्थतन्त्र

४१५ रुपैयाँको तोरीको तेल किन्दा गौरीशंकरले पाए १० लाखको बम्पर उपहार

१६ विजेताले पाए एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
४१५ रुपैयाँको तोरीको तेल किन्दा गौरीशंकरले पाए १० लाखको बम्पर उपहार
काठमाडौं, कात्तिक १६ :

धनुषाको नगराइन नगरपालिका–९, घोरघासका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत लक्की ड्रमार्फत १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् ।

पण्डितले ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए । खरिद गरेको सामानको भुक्तानी उनले ई–सेवामार्फत गरेका थिए । सोही कारोबारका आधारमा प्राप्त कुपनमार्फत उनी १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेका हुन् । उनको कुपन नम्बर ०९८०४६५५८१७५ रहेको छ ।

सरकारी जागिर खाने लक्ष्यसहित एक वर्षअघि काठमाडौं आएका पण्डित हाल ललितपुरको ग्वार्कोमा डेरा गरी बस्दै आएका छन् । उनी दिनभर मोटरसाइकल चलाएर पठाओ, इनड्राइभ र याङ्गोमार्फत यात्रु सेवा प्रदान गरी जीविकोपार्जन गर्छन् । फुर्सदको समय भने लोक सेवा आयोगको परीक्षाको तयारीमा खर्चिने गरेका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर १० लाख रुपैयाँको बम्पर उपहार जितेको जानकारी गराउँदा पण्डित खुसीले दंग परेका थिए । सामान्य खरिदबाट ठूलो रकमको उपहार प्राप्त हुँदा आफू अत्यन्तै खुसी भएको उनले बताएका छन् ।

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका विजेता घोषणा गरेको हो । सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेतासहित १५ जना अन्य विजेता घोषणा गरिएको विभागले जनाएको छ ।

कार्यक्रमअन्तर्गत बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

करदाता प्रोत्साहन कार्यक्रममार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने विभागको उद्देश्य रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार