काभ्रे, कात्तिक १५ :
अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो पन्छाएपछि आज बेलुकादेखि यातायात सञ्चालनमा आएका छन् ।
शुक्रबार र शनिबारको वर्षाले काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि आवागमन अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो र लेदो हटाउन सुरु गरिएको थियो । सडक खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो ।
रोशी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटोसहितको लेदो तथा वडा नं ८ गिम्दीबेँसीमा खसेको पहिरो हटाएपछि पुनःयातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै