बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध

भ्रम फैलाउनेलाई कारबाहीको चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
आईजीपी कार्कीसँग जोडेर सार्वजनिक भएका भ्रामक र तथ्यहिन सूचनाको पछि नलाग्न प्रहरीको अनुरोध
काठमाडौं, कात्तिक १२ :

नेपाल प्रहरीले सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवं उत्तरदायित्व निर्वाह गर्न प्रहरी सङ्गठन सदैव समर्पित रहेको स्पष्ट पारेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रहरी कटिबद्ध रहेको स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडेर सार्वजनिक भएका अपुष्ट र अनुमानका समाचार तथा टिप्पणीले आमनागरिकमा भ्रम सिर्जना गरेको भन्दै उनले अपुष्ट, भ्रामक, तथ्यहिन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न अनुरोध गरे ।

“सङ्गठनको प्रतिष्ठा, व्यावसाययिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजितरुपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका सीमित व्यक्तिको चालबाजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार