बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
खेलकुद क्रिकेट

यू- १९ एसिया कप क्रिकेटको तयारी, पोखरामा बन्द प्रशिक्षण

नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
यू- १९ एसिया कप क्रिकेटको तयारी, पोखरामा बन्द प्रशिक्षण
पोखरा, कात्तिक १२ :

आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा जारी छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीलाई समेटेर पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षणको व्यवस्था गरेको हो । शुक्रबारसमम्म हुने बन्द प्रशिक्षणले प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्न सहयोग पुग्ने क्यानका उपाध्यक्ष रोशन सिंहले बताए । अभ्यास खेलबाट खेलाडीमा उत्साह र भरोसा थपिएकोले पनि प्रतियोगीतामा सफलता हात पार्न सकिने उनको भनाइ छ ।

कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्ने क्यानले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार