
बुटवल, कात्तिक ९ :
लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीहरूले आज शपथ लिएका छन्।
तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।
काङ्ग्रेसबाट जन्मजय तिमिल्सीना सामाजिक विकास, देवकरण कलवार वन तथा वातावरण र जनता समाजवादीका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कङ्ग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन ।
युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।