बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

· बुधबार, ११ कात्तिक, २०८३ मा प्रकाशित
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
काठमाडौँ, कात्तिक ११ :

राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ ।

तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो ।

तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिए  ।

उनले भने , “बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो । अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ ।

अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैँदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उनले बताए । विवाह व्रतबन्ध, मृत्युु संस्कार घरमा लगाइने पूजाबाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन ।

तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताउनुभयो । उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताए  ।

जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए  ।

उनले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिदबिक्री गर्नु सकारात्मक पक्ष रहेको बताए । बाँस र माटोका सामग्री खरिदबिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार