बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता, सहकार्यबारे छलफल 

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता, सहकार्यबारे छलफल 
वासिङ्टन, डिसी, कात्तिक ९ :

विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । 

त्यस अवसरमा उहाँहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी  तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्य बारे छलफल भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । 

उपप्रधानमन्त्री पौडेलले नेपालको विकास- निर्माणका परियोजनामा बैङ्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । 

हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई  बैङ्कले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उहाँले आभार व्यक्त गर्नुभयो । 

उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिनुभएको राजदूतावासले जनाएको छ । 

यसैगरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैङ्कका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैङ्कको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिनुभएको थियो ।

उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गर्नुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार