बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० कात्तिक, २०८३ मा प्रकाशित
तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
काठमाडौं, कात्तिक १० :

आगामी तिहारमा काठमाडौँ  उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख  र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे ।

“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उनले भने, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए ।

एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ ।

यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म  ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने  भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार