बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
समाचार प्रदेश बागमती प्रदेश

रसुवा बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ कात्तिक, २०८३ मा प्रकाशित
रसुवा बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि
रसुवा, कात्तिक ९ :

नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।  

यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले  नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम सङ्कलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताए ।

स्थलगत रुपमा सङ्कलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पारे ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख  माधव अर्यालले जानकारी दिए । प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार