बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

एनपीएलको पुरस्कार राशिमा वृद्धि : विजेताले डेढ करोड र उपविजेताले ८० लाख प्राप्त गर्ने

७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने : सचिव खड्का
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ कात्तिक, २०८३ मा प्रकाशित
एनपीएलको पुरस्कार राशिमा वृद्धि : विजेताले डेढ करोड र उपविजेताले ८० लाख प्राप्त गर्ने
काठमाडौं, कात्तिक ८ :

नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको जनाएको छ । आइतबार टियु क्रिकेट मैदानमा पत्रकार सम्मेलन गर्दै क्यानले सोमबारदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जनाएको हो । 

एनपीएलको‌ तेस्रो संस्करणको बिजेताले रु १ करोड ५० लाख र उपविजेताले ८० लाख तथा तेश्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । 

एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमति अनुसार तेस्रो संस्करणको पुरस्कार राशी भारी वृद्धि गरिएको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए । यस संस्करणमा मुख्य प्रायोजकबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त भएको खड्काले बताए । त्यस्तै स्पोन्सरशिप, टिकटिङ तथा टिकेट पार्टनरहरूसहित कुल ७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने उनले बताए । उनले टिम ओनरहरूले गर्ने खर्चसमेत जोड्दा एक महिनाको अवधिमा एनपीएलको कुल कारोबार १५० करोड रुपैयाँ पुग्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीहरूलाई आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट लिनुपर्ने कानुनी प्रावधान रहेकाले क्यानले सम्बन्धित बोर्डहरूसँग लगातार समन्वय गरिरहेको बताए । उनले आगामी नोभेम्बर १५ मा एनपीएलको लिग चरणका खेलहरू सकिने उल्लेख गर्दै दोस्रो चरणमा छनोट नहुने ४ वटा टोलीका खेलाडीहरूलाई समेटेर ’राइजिङ स्टार्स’ को टोली बनाई ओडिआई अभ्यास र खेलहरूमा सहभागी गराइने जानकारी दिए ।

एनपीएलको तेस्रो संस्करणमा आठ टिमको सहभागिता रहनेछ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ । त्यस्तै प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिने क्यानले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार