बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार प्रदेश कोसी प्रदेश

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु, एक घाइते

सशस्त्रको गोताखोरद्वारा बेपत्ताको खोजी जारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ कात्तिक, २०८३ मा प्रकाशित
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु, एक घाइते
फाइल तस्वीर ।
धनकुटा, कात्तिक ८ :

सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ भने एक जना घाइते भएका छन्। भोजपुरबाट चतरा आउँदै गरेको जेटबोटको इन्जिन फेल भएपछि दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

रञ्जितकारका अनुसार अरुण र दूधकोशी नदीको त्रिवेणी क्षेत्रनजिकै जेटबोटको इन्जिन फेल भएको थियो।  घटनामा तीन जना बेपत्ता भएका छन् भने १० जनाको सकुशल उद्धार गरिएको छ। दुर्घटनाग्रस्त जेटबोटमा १६ जना सवार रहेको बताइएको छ।

प्रहरीका अनुसार पाँच जना सकुशल घर फर्किसकेका छन् भने घाइते एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । जेटबोटका चालकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार