काठमाडौं, कात्तिक ४ :
नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।
नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहआयोजक रहेको छ । प्रतियोगितामा नेपालले समूह चरणमा भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग खेल्नेछ ।
नेपालले पहिलोपटक यु–१९ विश्वकप आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’