बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा,यस्तो छ रुट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ कात्तिक, २०८३ मा प्रकाशित
दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा,यस्तो छ रुट
काठमाडौं, कात्तिक ३ :

नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको हो । रूट नम्बर १ मा नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किने नेपाल प्रहरीले जनाएको छ ।

यस्तै, रूट नम्बर २ अन्तर्गत नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।

रूट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किनेछ प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ ।

निःशुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज दिउँसो ४ बजेबाट तीन वटै रूटमा सञ्चालन भएको छ । यसैगरी, भोलि टिकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट उक्त रूटमा सञ्चालन हुने प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार