काठमाडौं, कात्तिक २ :
ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोली ओमानसँग भिड्दैछ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लिग २ को अंक तालिकामा शीर्ष ६ मा रहनका लागि नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।
यसअघिका दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग भएको खेलमा भने पराजित भएको थियो ।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । तर आजको खेलमा नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ ।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकोले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’