बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

सक्रिय न्युज · मंगलबार, २७ असोज, २०८३ मा प्रकाशित
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं, असोज २७ :

आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।

ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।

जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो ।

त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ ।

आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । २९  खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार