बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
सक्रिय न्युज · आइतबार, २५ असोज, २०८३ मा प्रकाशित
बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति
असोज २५ :

बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रवर्द्धक टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण बाढीले बगाएको छ ।

यस्तै, दोभान खोला जलविद्युत् आयोजनाअन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ ।

त्यसैगरी, यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको मन्त्रालयले जनाइएको छ ।

यस्तै, माछा खोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको छ । बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माणकार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण सङ्कलन भइ नसकेको मन्त्रालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार