बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार प्रदेश गण्डकी प्रदेश

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा २० वटा पुल निर्माण

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा २० वटा पुल निर्माण
साउन २१ :

काठमाडौँ, साउन २० : गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । 

गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट-आरुघाट-रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर-नारेश्वर-गोरखाबजार सडकअन्तर्गत दरौदी-जरेबर, लाप्राक-गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका-५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो-बगरेबेँसी सडकको मिदिमखोला (बागे्रबेँसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका-१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका-७ र धवलागिरि-७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् । 

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले कास्कीको अर्मला-भुते-गेर्लाङ गाउँ-हरपक सडकको भुतेखोला र बुढीबजार-डहरे-एयरपोर्ट-चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक-डेढगाउँ सडकको निरम्दीखोला, गैँडाकोट नगरपालिका-३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा-डुकान-मेनघाट-हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेको जानकारी दिनुभयो। 

यसैगरी, बागलुङको मल्म-रिघा-सिसाखानी-पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी-ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी-हरिचौर सडकको चुक्टीखोलामा पनि पुल निर्माण भएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार