बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार प्रदेश मधेस प्रदेश

जितिया: निराहार व्रत समापन

सक्रिय न्युज · आइतबार, १८ असोज, २०८३ मा प्रकाशित
जितिया: निराहार व्रत समापन
काठमाडौं, असोज १८ :

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।

तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।

व्रतको दोस्रो दिन महिलाले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजाअर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए ।

पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गर्ने परम्परा छ । विशेषगरी मिथिला तथा तराई–मधेसका जिल्लाका साथै काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्छन् ।

जितिया कठोर व्रतमध्ये एक मानिन्छ । महिलाले सन्तानप्रति मातृभाव र समर्पण प्रकट गर्दै एक दिन–एक रात निराहार उपवास बस्ने परम्परा छ । यो व्रतका प्रभावले सन्तानको दीर्घायु हुने जनविश्वास छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार