बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

धितोपत्र बोर्डले नेप्सेको सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने

अर्को साता नेप्सेको सञ्चालक समितिसँग छलफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ असोज, २०८३ मा प्रकाशित
धितोपत्र बोर्डले नेप्सेको सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने
काठमाडौं, असोज १४ :

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को सुधारका लागि पुनर्संरचना प्रक्रिया अघि बढाउने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट बोर्डलाई पत्र प्राप्त भएको भन्दै अर्को सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी बोर्डको तर्फबाट पुनर्संरचना प्रक्रिया अगाडि बढाइने बताए । 

दोस्रो बजार सुधारको प्रमुख आधार नेप्सेको सुधार नै भएको उनको भनाइ छ । उनले विगतमा नेप्सेलाई नियामकीय निर्देशनहरू पर्याप्त रूपमा नदिइएको स्थिति रहेको भन्दै अब ट्रेडिङ मेकानिजम, अर्डर म्यानेजमेन्ट, साइबर सुरक्षा, तथा आइटी पोलिसी लगायतका क्षेत्रहरू समेटेर ३१–३२ वटा रेगुलेसनहरू तयार गरिसकेकाले क्रमशः जारी गरिने जानकारी दिए ।

मन्त्रालयको २१ बुँदे निर्देशनअनुसार सिडिएससीलाई पोस्ट–ट्रेड कार्यहरूका लागि थप प्रभावकारी बनाउनुका साथै यसको आइटी प्रणाली विकास गरिने उनले बताए । उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अब पुँजी बजारमा आईपीओ अनुमतिदेखि अन्य सम्पूर्ण नियमन प्रक्रिया ‘जोखिममा आधारित सुपरीवेक्षण र नियमन’ प्रणालीअनुसार अघि बढाइने धारणा राखे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार