बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार प्रदेश मधेस प्रदेश

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता
प्रतीकात्मक तस्वीर ।
सर्लाही, असोज १२ :

सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार छिमेकीको दाहसंस्कारमा सामेल साह नुहाउन खोलामा पसेपछि बेपत्ता भएका हुन् । लगातारको बर्सात्का कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन् । उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको  प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार