काठमाडौं, असोज १२ :
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार शर्माको रिट खारेज गर्दै नेकपाको निर्णयलाई सदर गरेको हो। शर्माले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
शर्मा२०७९ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। उनी कर्णाली प्रदेशसभाका पूर्व मुख्यमन्त्रीसमेत हुन्। पार्टीबाट अलग भइसकेका नेता जनार्दन शर्माकोपछि लागेको हुँदा उनलाई कारबाही स्वरुप निष्कासन गरेको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’