बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार स्वास्थ्य

जनसंख्या वृद्धिका लागि प्रोत्साहन स्वरुप थप सुत्केरी बिदाको व्यवस्था : स्वास्थ्यमन्त्री मेहता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
जनसंख्या वृद्धिका लागि प्रोत्साहन स्वरुप थप सुत्केरी बिदाको व्यवस्था : स्वास्थ्यमन्त्री मेहता
काठमाडौं, असोज १२ :

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि थप सुत्केरी बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न लागेको बताइन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै मन्त्री मेहताले जनगणना अनुसार जनसंख्या वृद्धि दर निरन्तर घट्दो क्रममा रहेकाले जनसंख्या वृद्धिका लागि बिदा तथा प्रोत्साहनको व्यवस्था गर्न विद्यमान ऐन संशोधन आवश्यक भएको बताइन्।

संशोधन विधेयकमा सरकारी, गैरसरकारी वा निजी निकायमा कार्यरत महिलाहरूलाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको सुत्केरी बिदाको प्रस्ताव गरिएको छ भने पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री मेहताले बताइन्

त्यस्तै विशेष अवस्थामा गरिने गर्भपतनका प्रावधानहरूलाई थप तथा संशोधन गर्ने, बलपूर्वक गरिने गर्भपतन सम्बन्धी अवस्था स्पष्ट पार्ने र थप गरिएका प्रावधान विपरीतका कार्यलाई कसुर मानी सजायको व्यवस्था गर्ने विषय समेटिएको उनले बताइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार