शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

भुटानले श्रीलङ्कालाई हरायो, नेपालले माल्दिभ्ससँग खेल्दै

· सोमबार, ६ कात्तिक, २०८१ मा प्रकाशित
भुटानले श्रीलङ्कालाई हरायो, नेपालले माल्दिभ्ससँग खेल्दै
फोटोः ANFA
काठमाण्डौँ , कात्तिक ६ :

श्रीलङ्कालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’ को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानले श्रीलङ्कालाई ४- १ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । 
जितसँगै भुटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । 

आज खेल सुरुआती सातौँ मिनेटमा भुटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन् । त्यस्तै खेलको २३ औं मिनेटमा श्रीलङ्काकी  कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक- एक गोलको बराबरीमा ल्याइन । 

त्यसपछि खेलको ३२ औँ मिनेटमा भुटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६ औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३- १ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भुटानलाई ४- १ गोलको जित दिलाइन् ।

समूह ‘बी’ मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार